Community Empowerment समाज स्वाबलम्बन
English version of this documentVersão do texto em espanhol.La version française de ce documentItalianA versão portuguesa deste documento.
HindiNepaleseUrdu Script
..    , 
समुदायजनित आवश्यकताहरु
न कि निकायजनित आवश्यकताहर
by Phil Bartle
translated by Pankaj Joshi
.. 
तालीम पुस्तिका
.
परियोजनाको प्रारम्भमा कार्यदलका सदस्यहरुलाई नयाँ सीपहरु सिक्नुपर्ने आभास हुनसक्दछ।
..
परियोजना शुरु भइसकेपछि समुदाय र कार्यदललाई नयाँ सीपहरु आवश्यक भएको आभास हुनसक्छ। 
..
निर्माणका लागि चाहिने सीपहरु विभिन्न किसिमका हुन सक्छन् - सिकर्मीको, डकर्मीको, बिजुली वाइरिङ्को, आदि। अरु सीपहरु व्यवस्थापन, सञ्चालन, आर्थिक समायोजन सम्बन्धी हुन सक्छन् - जस्तै लेखाङ्कन गर्ने, चन्दा सङ्कलन गर्ने, विवरण लेख्ने, विवाद सुल्झाउने, प्रष्ट रुपले आफ्नो विचारधारा व्यक्त गर्ने, योजना बनाउने, सुपरिवेक्षण गर्ने आदि। . तालीम औपचारिकदेखि अनौपचारिकसम्म हुन सक्छ। कार्यक्षत्रमा अनुभव भएकाले नभएकालाई तामीम दिन सक्छ। सहभागीहरुलाई तलबसहितको तालीम (सिकारुलाई जस्तै), कार्यगोष्ठीद्वारा तालीम, अनि गैर-सरकारी या सरकारी तालीम केन्द्रमा पठाई संस्थागत तामीम दिलाउन सकिन्छ।
..
जति सक्छ त्यति समुदायभित्र नै अनौपचारिक रूपमा तालीम दिनमा जोर दिनू। आफ्नो समय र सीपको योगदान गर्ने अनुभवी र परिपक्व कर्मीहरुले कम अनुभवी र कम उमेरका कर्मीहरुलाई तालीम दिनु पर्दछ। . कर्मी या मजदूरहरुलाई ठेक्कामा भर्ती गर्नुपरेमा पहिले सकेसम्म समुदाय भित्र नै खोज्नू। उनिहरुको ठेक्कामा कम अनुभवी समुदायका सदस्यहरु (पुरुष र महिला युवाशक्ति) लाई तालीम दिने बुँदा राख्नू। यो निश्चित गर्नू कि कार्यदलले सबै अनौपचारिक विवरणको सङ्कलन गरोस्।
..
अनौपचारिक तालीम सम्भव नभएको खण्डमा कार्यगोष्ठीद्वारा तालीम दिलाउने प्रस्ताव हाल्न सक्नुहुन्छ। तर तालीमको खर्च व्यहोर्नका लागि पुग्ने आर्थिक श्रोत या बजेट जुटिएको हुनुपर्दछ।  . यदि कार्यदललाई कुनै तालीम आवश्यक भएको पूर्वाभास हुन्छ भने त्यसलाई सामुदायिक परियोजनाको रूपाङ्कनमा प्रस्तावको रूपमा हाल्न जोड दिनुपर्छ। हेर्नुहोस् : कार्यगोष्ठीको तयारी.
..
बजेट अनुसार, र तपाईँको निकाय या कार्यक्रमको निति अनुसार, केहि सक्षम सदस्यहरुलाई औपचारिक तालीम दिन या तालीम केन्द्रमा पठाउन चाँहिदो साधन र श्रोत जुटाउन सम्भव हुनसक्छ। . तपाईँको काम यो निश्चित गर्नु हो कि तालीम सम्पूर्ण समुदायद्दारा स्वीकृत छ, विषयवस्तु परियाजनाको आवश्यकता अनुरुप छ र तालीम कसैको निहित स्वार्थ परिपूर्तिको माध्यम भएको छैन। तालीम र विषयवस्तुको छनौट प्रक्रियामा सम्पूर्ण समुदायको स्वीकृति निश्चित गर्नाले नातावाद र कृपावादको शङ्का हट्नसक्छ।
..
जुनसुकै तालीम भएपनि, परियोजना शुरु भएपछि, सहभागी तथा तालीम विषयवस्तु या सीपको छनौट समुदायको आवश्यकता अनुरूप र समुदायद्वारा स्वीकृत हुनुका साथै निरीक्षित र प्रगति विवरणमा सामेल गरिएको हुनु पर्दछ।
.––» «––
..
सामुदायिक सभा; आवश्यकता निर्धारण:
..
सामुदायिक सभा; आवश्यकता निर्धारण: